खुल्लामञ्चको स्तरोन्नती अलपत्र

  • १५ फाल्गुन २०७७, शनिबार
  • धिरन खत्री
  • 1433 पटक पढिएको

म्याग्दी, १५ फागुन । सदरमुकाम बेनीस्थित रहेको खुल्लामञ्चको स्तरोन्नती अलपत्र भएको छ । चालु आर्थिक बर्षमा जिल्लामा निर्वाचित तीन तहका जनप्रतिनिधिले मञ्चको पुर्वाधार निर्माणमा बजेट विनियोजन नगर्दा खुल्ला मञ्च अलपत्र बनेको हो ।


मिनि स्टेडियम बनाउने जनप्रतिनिधिको भाषण अनुसार बजेट विनियोजन नगर्ने र जिल्ला खेलकुद विकास समिति नेतृत्व विहिन हुदाँ खुल्लामञ्चको स्तरोन्नती अलपत्र बनेको छ । जिल्लामा फराकिलो, प्याराफिटसहितको गुणस्तर रंगशाला बनाउने योजनासहित जिल्ला खेलकुद विकास समितिले डिपिआरसहित ९ करोडको लागन अनुमान सार्वजनिक गरेको थियो । जनप्रतिनिधि राजनीतिक रुपमा बोलेको बाचा अनुसार बजेट विनियोजन नगर्ने र कार्यकर्ता केन्द्रित टुक्रे योजनामा बजेट केन्द्रित गर्दा जिल्लामा ठुला आयोजनाहरु मध्य खुल्लामञ्च पनि अलपत्र छ।

जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष एवम् बेनी नगरपालिकाका भौतिक पुर्वाधार विकास संयोजक कृष्णकुमार विश्वकर्माले– ‘नगरपालिकावाट धेरै रकम हाल्न नसकिने र थोरै रकम यस बर्ष छुट्याउन सकेनौँ र संघवाट प्राप्त रकम हाल्ने आश्वासन भएपनि यस वर्ष बजेट विनियोजन नुहदाँ काम रोकीएको बताए । नगरपालिकाले कोभिडको खर्चको लागी छुट्टाईएको रकमबाट बचेको खुल्लामञ्च निर्माणमा छुट्याउन पहल गर्ने जानकारी गराए ।

फुटबल, भलिबल, क्रिकेट, महोत्सव, जेसिज कप, महोत्सव लगायतका विभिन्न प्रतियोगिताहरु हुन सकेको छैन । मिनि स्टेडियम बनाउने योजनाअनुसार पुराना संरचना भत्काउदाँ र बजेट अभावले स्तरोन्नीको काम ढिलासुस्ती हुदाँ खेलकुदका गतिविधि ठप्प बनेको छ

कालीगण्डकी र म्याग्दी नदीमा पक्की पर्खाल र पुरानो भन्दा फराकिलो ११÷११ जना फुटबल खेल्न मिल्ने योजनासहित ९६ मिटर लम्वाई र ४५ मिटर चौडाई भएको मिनी स्टेडियम बनाउने डिपिआरमा छ । हालसम्म ३ करोड भन्दा बढी लगानी भएको खुल्लामञ्चलाई ब्यवस्थित बनाउन ९ करोड अनुमानित लागत छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l