संसद पुनर्स्थापनाको खुसीयालीमा बेनीमा दीप प्रज्वलन

  • ११ फाल्गुन २०७७, मंगलवार
  • 1400 पटक पढिएको

  • म्याग्दी ११ फागुुन । संसद पुनर्स्थापना गर्ने सर्वोच्चको निर्णयपछि खुसीयालीमा बेनीमा दीप प्रज्वलन गरिएको छ । नेकपाकाे प्रचण्ड – नेपाल पक्षका अनेरास्ववियू र युवा संघ म्याग्दीले सदरमुकाम बेनीको विरेन्द्रचोकमा मंगलबार साँझ दीप प्रज्वल गरेका हुन् ।         भोली बुधबार नेकपाले बेनीमा उत्सव मनाउने भएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ । २ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो ।

मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ ।