गलकोटमा ३ सामुदायीक वनमा आगोलागी आगो नियन्त्रण बाहिर हुँदा स्थानिय चिन्तित
- ११ फाल्गुन २०७७, मंगलवार
- 1039 पटक पढिएको
थम्मन थापा
फागुन ११ । गलकोट नगरपालिका वडा नं ५ र ७ का ३ सामुदायीक वनमा आगोलागी हुँदा करोडौको क्षति भएको छ । भैंसे दान्सिङ डाँडा सामुदायीक वन गलकोट नगरपालिका वडा नं ५ देखि सुरु भएको आगो छिमेकी वडाको ठुलाचौर सामुदायीक वन सम्म फैलिएको छ । आगोलागीको कारण दानसिङ डाँडा सामुदायीक वनको झण्डै ४० हेक्टर क्षेत्रफलमा क्षति भएको सामुदायीक वनका सदस्य मान बहादुर भण्डारीले जानकारी दिनुभयो । दिउँसो देखि इलाका प्रहरी कार्यालय गलकोट र स्थानियले आगो निभाउने प्रयास गरेता पनि अहिले आगो नियन्त्रण बाहिर रहेको उहाँले बताउनुभयो । सोही आगो छिमेकी वडाको ठुलाचौर सामुदायीक वनमा प्रवेश गरे सँगै उक्त सामुदायीक वनको झण्डै २० हेक्टर क्षेत्रफल क्षति भएको सामुदायीक वन उपभोक्ता समितीका अध्यक्ष थुम कुमारी थापाले जानकारी दिनुभयो ।
