म्याग्दीमा सडक कालोपत्रे गर्ने मंगला पहिलो गाउँपालिका बन्यो, बावियाचौर बजारमा यसरी हुँदै छ कालोपत्रे (भिडियाे)

  • ४ फाल्गुन २०७७, मंगलवार
  • 1499 पटक पढिएको

म्याग्दी ४ फागुन । म्याग्दीमा बेनी नगरपालिका क्षेत्र बाहिर पहिलो पटक सडक कालोपत्रे गर्न सुरु गरिएको छ । जिल्लाको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सडक कालोपत्रे गर्न लागिएको हो ।

गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट सडक कालोपत्रे गर्न सुरु गरिएको यस योजना जिल्लामा रहेका गाउँपालिकाहरु मध्ये पहिलो पटक सडक कालोपत्रे गर्न सुरु भएको योजना हो ।

बावियाचौर क्षेत्रको करिब ६ सय मिटर सडकलाई कालोपत्र गर्न सुरु भएसंगै बजारबासीले हिउँदमा धुलो र बर्षामा हिलोको सामाना गर्नुपर्ने बाध्यता र झण्झटबाट मुक्त हुने अपेक्षा गरिएको छ भने बजारको सुन्दरता र सरसफाईमा समेत टेवा पुग्ने बताईएको छ ।