विद्यार्थीद्वारा भागिरथीको बलात्कार र हत्यामा संग्लनलाई कारबाहीको माग

  • २९ माघ २०७७, बिहीबार
  • 1284 पटक पढिएको

 

म्याग्दी, २९ माघ । विद्यार्थीहरुद्वारा बैतडीकी १७ बर्षिय भागिरथी भट्टको बलात्कार र हत्यामा संलग्नको पहिचान र कारबाहीको माग गदै जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापन पत्र बुझाएका छन् ।


बेनीस्थित गणेशटोलमा रहेको लिटील गार्डेन एकेडेमी विद्यालयमा अध्ययनरत छात्राहरुको गठित गुणस्तर बृत्त समुहले प्रजिअ उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै दोषीलाई कारबाहीको माग गरेका हुन् ।

प्रशासनमा ज्ञापनपत्र बुझाउदै उनीहरुले बालिका तथा छात्राहरुको सुरक्षामा गम्भिर बन्न सरकारलाई आग्रह गरेका छन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ अधिकारीले विद्यार्थीहरुको सुरक्षामा प्रशासन गम्भिर बन्ने प्रतिवद्धता जनाए ।