म्याग्दी उद्योग वाणिज्य संघद्धारा म्याग्दीका पत्रकारद्धय गौतम सम्मानित
- २४ माघ २०७७, शनिबार
- 1312 पटक पढिएको
म्याग्दी २४ माघ । म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतम र सन्तोष गौतम सम्मानित हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्मचार्यले नगद २५ हजार रुपैयाँ सहित सम्मानपत्रले सम्मान गर्नुभएको हो ।
म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा सम्पन्न भएको म्याग्दी भ्रमण बर्ष २०७५ को अवसरमा अनलाइन तथा विभिन्न सञ्चार माध्यम मार्फत जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार द्धायलाई सम्मान गरिएको हो । हरिकृष्ण गौतम बेनीअनलाईन,बेनी साप्ताहिक पत्रिकाका सम्पादक हुनुहुन्छ भने सन्तोष गौतम रिखार दैनिक पत्रिकाका प्रकाशक तथा धौलागिरी खबर डट्कमका सम्पादक हुनुहुन्छ ।