गायत्री र राम मन्दिरमा न्यानो कपडा वितरण
- १९ पुष २०७७, आईतवार
- 1017 पटक पढिएको
म्याग्दी, १९ पुष । धार्मिकस्थल गायत्री मन्दिर र राम मन्दिरमा रहेका पुजारी, बृद्धबृद्धालाई एक यूवा ब्यवसायीले न्यानो कपडा र मास्क सहयोग गरेका छन् । बेनी नगरपालिका–७ संगम चोकमा रहेको धर्मनारायण ईन्टरप्राईजेज र सुविन भाँडा पसलका सञ्चालक सुविन श्रेष्ठले मन्दिरका पुजारी, आश्रमका ज्येष्ठ नागरिक सहित विपन्न गरी १९ जनालाई न्यानो कपडा वितरण भएको गलेश्वर आमा समुहकी अध्यक्ष गौमायाँ मगरले जानकारी दिईन् ।
कालिगण्डकी र रघुगंगा नदी आसपासमा रहेको आश्रममा बसोबास गर्ने बृद्धबृद्धालाई म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहेका श्रेष्ठ, संचालक, विपिन श्रेष्ठ र सविन श्रेष्ठले वितरण गदैं भविस्यमा पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
ब्यवसायिक गतिविधिसँगै सामाजिक र मानवीय सेवामा समेत निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए । यसअगाडी बालाचतुर्दशीको अवसरमा प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा रहेको पुलस्त्य पुलअ अन्न्दान क्षेत्रका आश्रममा बसोबास गर्ने बृद्धबृद्धा, विद्यार्थी र कर्मचारी सहित ७५ जनालाई न्यानो कपडा वितरण गरिएको थियो ।
गायत्री मन्दिर व्यवस्थापन समितिका सचिव लक्षमण चालिसेले प्रसिद्ध गलेश्वर मन्दिरको समिपमा रहेको गायत्री मन्दिर र राम मन्दिरको महत्वको प्रचार प्रसार गर्नुपर्ने बताउदै सहयोग गर्ने श्रेष्ठ परिवारलाई धन्यवाद दिएका थिए ।