मन्त्री साह सवार गाडी सर्लाहीमा पैदलयात्रुलाई ठक्कर दिएर फरार

  • १८ पुष २०७७, शनिबार
  • 839 पटक पढिएको

रौतहटबाट काठमाडौं हिँडेको सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक सर्वसाधारणलाई ठक्कर दिएको छ।

ठक्कर दिएर भागेको ना१झ ३८४२ नम्बरको साह सवार गाडी कहाँ छ भन्ने प्रहरीलाई थाहा छैन।

सर्लाही प्रहरीका अनुसार मन्त्री साहको गाडीले हरिवन नगरपालिका-१० मा सर्वसाधारणलाई ठक्कर दिएको हो।

‘मन्त्री सवार गाडीले ठक्कर दिएको खुलेको छ, तर सो गाडी काठमाडौं गयो भन्ने कुरा छ,’ सर्लाही प्रहरी प्रवक्ता डिएसपी मदन कुँवरले भने।

मन्त्री सवार गाडीले बाटो काटिरहेका लालबन्दी नगरपालिका-८ का बच्चु तामाङलाई ठक्कर दिएको थियो। उनको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ।

 

सेतापाटीबाट साभार ।