रघुगंगाको गाउँसभामा वडा सदस्य तिलक कुमार तिलिजाले पहिलो पटक राखे लिखित प्रस्ताब

  • १५ पुष २०७७, बुधबार
  • 7123 पटक पढिएको

आदरणीय यस गाउँसभाका सभाध्यक्ष ज्यू
रघुगंगा गाउँपालिका उपाध्यक्ष ज्यू
विभिन्न वडाका वडा अध्यक्ष ज्यूह?
मेरा समकालिन वडा सदस्य ज्यूहरु ?
रघुगंगा गाउँपालिका कार्यालयमा कार्यारत, यस सभामा पाल्न’भएका कर्मचारी ज्यूहरु?
समृद्ध रघुगंगाको सपना लिएर यस सभामा पाल्नु भएका, यस सभाका निर्णय सुन्न आउनु भएका अन्य महानुभाव ज्यूहरुमा
म तिलक कुमार तिलिजा को
न्यानो अभिवादन छ. स्वीकानुहोस् .
समृद्ध रघुगंगाको खाका कोरिरहँदा, केहि सोच, ऐजेण्डा, सपना र विचार हरु पुस्तागत हुने नै रै छ. त्यसैले विना ऐजेण्डा , केवल समर्थनका ताली पिट्न यी गाउँसभामा उपस्थित हुने मान्छे होइन म । यसो भन्दैमा आज यहाँ उपस्थित भएर स्थानिय सरकार , नेपालको संविधानले म जस्तो साधारण वडा सदस्यलाई प्रधान गरेको अधिकारको प्रयोग गरि केहि शव्दहरु बोल्न चाहे । सर्वप्रथम त रघुगंगा गा पा कै लाइफ लाइन सडक मानिने गलेश्वर दग्नाम दर्मिजा चिमखोला कुइनेमंगले सडकलाई अन्तिम चरणमा पु¥याएकोमा यस सडक संजाल निर्माणमा प्रत्क्षय तथा अप्रत्क्षय रुपमा संलग्न हुने हामी सम्पुर्णलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछु ।
विशेप गरी धन्यवाद दिदाँ,
पूर्व मन्त्री ज्यू
संघिय सभा सदस्य माननीय सांसद ज्यू
प्रदेश सभा सदस्य ज्यूको योगदान लाई यहाँ स्मरण गर्न चाहे ।
यस लगायत हाम्रो स्थानिय सरकारको पनि यस कार्य सफलतामा महत्वपूर्ण योगदान रहेको कुरा यहाँहरु माझ स्पष्ट रहेको छ ।
यसरी धन्यवाद दिदै गर्दा कार्यक्षेत्रमा प्रत्क्षय रुपमा दिन रात हिउद बर्खा केहि नभनी अहोरत्र खट्नु भएका भाइ सुविन लगायतका टिमलाई पनि यसै मन्चबाट सम्झि धन्यवाद सलाम भन्न चाहे । सडक संजालको कुरा गरिरहँदा कोभिड–१९ यस ७७ सालको भिषण वर्षा, वातावरण प्रभावको गलत अध्ययन, ठेकेदार ज्यूको चरम्र लापरवाहीले गर्दा गलेश्वर पिप्ले भगवती बेग सडक स्तरउन्नतीको काम ठप्प छ । यस सडक विस्तारको क्रममा सिर्जित पहिरोले राहुघाट को पुरानो बस्तीलाई उच्च जोखिममा पारेको छ । यसका लागि गाउँपालिकाले केहि हद सम्म रोकथामको प्रयास हरु गरेको छ. ।


आर्थिक वर्ष चलिरहँदा त्यस प्रभावित सडक खण्ड बाहेक अन्य स्थान हरूमा समानुपातिक ढङगले सडक संजाल स्तर उन्नती हुनुपर्छ भन्ने माग यस सभा समक्ष प्रस्तुत गर्न चाहान्छु । सकभर यस सडकले जोड्ने प्रत्येक वडाहरुमा सडक स्तरउन्न्तीका कामहरु संचालन हुन जरुरी र आवश्यक ठान्दछु । पालिका बाट निर्माण कम्पनीलाई पनि सोहि आदेश दिनुहुन आग्रह गर्न चहान्छु । यस पश्चात यस सभालाई हराएको तथ्याङ्क र त्यसको प्रभाव बारे प्रकाश पार्न चहान्छु । आज संचार र प्रविधिको युगमा पनि बेला बखत फलानो बर्षमा नागरिकता प्राप्त भन्ने शिर्षिक समाचारहरुले हामी सहज अनुमान ल्गाउन सक्छौं कि हाम्रो तथ्याङ्क संकलन प्रकृयामा धेरै कमी कमजोरीहरु छन् । हाम्रा अहिलेका तथ्याङ्क हरु ५८ (अन्ठाउन्न) को सारेर ६६ सालको र ६६ को सारेर ७३ सालको बनाइएको छ ।

यी सालहरुमा धेरै परिवर्तन भएका कारणले जनताहरु तथ्याङ्क बाट छुट्न गइ, उनिहरु सेवा र सुविधा बाट वन्चित भएका छन् । यद्यपि सुचनाको प्राप्ति पछि पालिकाले एक्सन लिएको छ तर यी र यस्ता समस्याहरु धेरै नै छन् जो प्रकाशमा आएका छैनन्. यी कमी कमजोरीहरुका समाधानका लागि म विश्व प्रख्यात ग्राउण्ड कार्पेट सर्च विधिबाट एक पटक र त्यसको डिजिटलाइजेशन गरी दुई पटक शून्य लेभल बाट तथ्याङ्क संकलन गरिनु पर्दछ भन्ने अनुरोध गर्दछु ।
यस्तो ग्राउण्ड कार्पेट सर्च विधिको जिम्मा प्रत्येक वडाका शिक्षित युवा वर्ग, स्कुल, क्लब आदिलाई जिम्मेवारी दिनु पर्दछ भन्ने माग राख्दछु ।

सुविधा मैत्री र प्र्रविधि मैत्री पालिका बन्दै गर्दा हाम्रो पालिकाले पनि डिजिटल प्रविधि खरिदको प्रक्रिया गरेको र बजेट बिनियोजन भएको खबरले उत्साहित छु । कुनै पनि कमिसनको चलखेलमा अरु सस्ता प्रबिधिहरुको छनौट हामीलाई मन्य हुने छैन । नेपालको १११ भन्दा बढि पालिकाको पहिलो रोजाइमा परेको स्मार्टपालिका प्रविधिलाई नै छनौट गर्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु । देश परिवर्तनको घडिमा छ । विकाशका नाममा धेरै पर्यटकिय गन्तव्यहरु बर्बाद उजाड बनेका छन् । यस्ता विनासका कारण हामी जस्तो पिछडिएका भुगोल र भेगहरु अधि बढि फाइदा लिनु पर्ने मौका आएको छ । फाइदा उठाउनको लागि पर्यटन उद्योगमा धेरै अवसर छ । यस्तै हामीले हाम्रो लागि सिर्जना गरेको अवसर धौलागिरी आइसफल ट्रेक हो । पालिकाको समस्त वडाहरुलाई समेट्ने , एकदम अनुपम, प्राकिृतिक, मनोर र स्वच्छ यो पदमार्ग विश्व कै उत्कृष्ट गन्तव्य बन्नेछ भन्नेमा दुई मत छैन । यस पदमार्ग , यसको उद्योग, व्याव्सय र व्यापार मार्फत पालिकाको आन्तरिक राजश्व संकलनमा चौगूणा बढाऊ हुनेछ भन्ने कुरामा म विश्वश्त छु ।

यसै सन्दर्भमा म, रघुगंगा पर्यटन विकाश बोर्डको स्थापना गर्नुपर्छ भन्ने अनुरोध गर्दछु । धौलागिरी आइसफलमात्र नभएर रिखार , टोड्के, रुइसे जस्ता क्षेत्रहरुमा पनि यस्तै विकाश मोडलहरु बन्न आवश्यक देख्दछु । यी सगैं बहादुरहरुमा पनि बहादुर , वीरहरुमा पनि वीर , गोर्खाली त्यसमा पनि दुर्लभ भिसी विजेता तुल बहादुर पुन ज्यूको जन्म÷मरण यसै पालिकाको वडा नं १ अन्तरगतको बाँदुक गाउँमा भएको हो ।मलाई लाग्छ राष्ट्रले उहाँ र उहाँको योगदानलाई चिन्नुपर्दछ । उहाँको गाउँलाई भिसी गाउँका रुपमा परिचित गराई पर्यटकीय गाउँको रुपमा स्थापित गर्नु पर्छ भन्ने प्रस्ताव राख्दछु । उहाँको सम्झना स्मृतिमा भिसी संग्राहलय , बगैँचा, र अर्धकद स्तम्भ बनाउने प्रस्ताब पेश गर्दछु । यी सगैँ अन्य पूर्वाधारहरुका स्थापनाका प्रस्तावहरु पनि पेश गर्दछु ।

यस पश्चात म स्थानीय रुपमा उप्लव्ध हुने कच्चा पदार्थहरु जस्तै ऊन, अल्लो, सिस्नो, टिमुर, लोक्ता, आदिको प्रशोधन र उद्योगको विस्तारीकरणको अनुरोध गर्दछु । स्थापना भइसकेका लाई दर्ता नविकरण र नयाँ स्थापनालाई सहयोग सहजिकरण गर्न अनुरोध गर्दछु । भौतिक विकाशमा मात्र सिमित नरहेर सामाजिक विकाश र बौद्धिक विकाशका लागि पनि कार्य योजना हरु पनि बनाइनुपर्छ भन्ने अनुरोध गर्दछु । बनेका योजना, तालिमा आदिका फार्म भर्न, भराउने प्रकिृयालाई अझै सहज र सरल बनाइदिनुहुन अनुरोध गर्दछु । अन्तयमा , यी गाउँसभाहरुका पनि भर्चुअल टेलिकाष्ट गरी प्रविधि मैत्री सभा र बैठक हरुका आयोजनाका प्रयास हुनु पर्छ भन्ने माग सहित मेरो वक्तव्य यहि अन्तय गर्न चहान्छु ।

धन्यवाद
वक्ता
तिलक कुमार तिलिजा
वडा नं १, बेगखोला
नवौँ गाउँसभामा वडा सदस्यद्धारा पहिलो पटक प्रस्तुत भएको लिखित प्रस्ताब ।