चित्रकारहरुले गरे ‘म्याग्दीका विभिन्न स्थानमा लाइभ पेन्टीङ’

  • १२ मंसिर २०७७, शुक्रबार
  • 2205 पटक पढिएको

म्याग्दी १२ मंसिर । म्याग्दीका विभिन्न स्थानहरुको स्थलगत चित्र उतार्ने ‘लाइभ पेन्टीङ’ गरिएको छ । पोखराबाट आएका बरिष्ठ चित्रकार मनोज तामाङ र मल्लाजका नहकुल विश्वकर्माको सहभागीतामा चित्रकारहरुले म्याग्दीको गलेश्वर, रत्नेचौर, खुलामञ्चको भगवती मन्दिर, महारानीथान लगायतका स्थानमा पुगेर लाइभ पेन्टीङ गरिएको थियो ।

लाइभ पेन्टीङमा तामाङ र विश्वकर्मा संगै पोखराका युकेस, तनहुँका सञ्जय घर्ति, म्याग्दीका अमृत श्रीपाली, सुरेन्द्र राना, ललिन्द्र थापा लगायतका चित्रकारहरुले सहभागीता जनाएका थिए । यस क्षेत्रका वास्तविक चित्रहरुलाई चित्रकला मार्फत उतार्ने र प्रचार प्रसारमा सघाउन सो अभियान चलाईएको जनाईएको छ ।