पिप्लेका घाइते रिजालको उपचारमा मौवाफाँटबासीबाट ९६ हजार सहयोग

  • ३० कार्तिक २०७७, आईतवार
  • 1159 पटक पढिएको

म्याग्दी ३० कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा सोही वडाको मौवाफाँटबासीले रु ९६ हजार बढी सहयोग गरेका छन् । गत कात्तिक ५ गते रुखबाट खसेर घाईते भई उपचाररत पिप्लेका २२ बर्षका अवतार रिजालको उपचारमा मौवाफाँटबासीले रु ९६ हजार ३ सय ११ आर्थिक सहयोग गरेका हुन् ।

रुखबाट लडी गम्भीर घाइते भई पोखरा उपचाररत रिजालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले स्थानीय युवा महेन्द्र भण्डारी र गोपी भण्डारीको अगुवाईमा मौवाफाँटमा घरदैलो गरि संकलन भएको सहयोग रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । सहयोग संकलनका अगुवा भण्डारीद्धयले वडा अध्यक्ष जिवनकुमार मल्ल र नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखाका निवर्तमान सभापती देवि शाहीको उपस्थितिमा घाईते रिजालका बुबा रुद्र रिजाललाई सो सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।


शरीरका विभिन्न भाग र मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या आएपछि उपचाररत रिजालको सहयोगार्थ आर्थिक संकलन अभियान चलाईएको थियो । अभियान अन्र्तगत सहयोग गर्ने दाताहरुलाई घरपरिवार र अभियानको आभार प्रकट गरिएको उपशाखाका सभापती तारानाथ शर्मा बताउनुभयो । सहयोगदाताको नामावली :