कारागारका कैदीबन्दीहरुलाई जीवन सुनचाँदी दुकानद्धारा सहयोग

  • २९ कार्तिक २०७७, शनिबार
  • 1190 पटक पढिएको

म्याग्दी २९ कात्तिक ।  म्याग्दी कारागारमा रहेका कैदीबन्दीहरुलाई जीवन सुन चाँदी दुकान बेनीले २१ हजार नगद सहयोग गरेको छ। कारागारभित्र कैदीबन्दीले दिपावलीको अवसरमा आयोजना गरेको कार्यक्रममा आवश्यक सामान खरिद गर्न सञ्चालक जीवनबहादुर विश्वकर्मा र प्रबन्ध निर्देशक शंकर बराईलीले चौकीदार बसन्त रोकालाई नगद सहयोग हस्तान्तरण गरेका छन् ।

नेपाल सुनचाँदी ब्यवसायी गण्डकी प्रदेशका उपसभापति समेत रहेका विश्वकर्माले कैदीबन्दीलाई चाडपर्वमा सानो सहयोग गरेको बताए। ‘चाडपर्व सबैलाई मिठो खाने चाहना हुन्छ,‘यो सुधारगृहमा रहनुभएका तपाईहरुलाई हाम्रो सानो सम्झना मात्रै हो’ विश्वकर्माले भने। उनले आफुँ आवद्ध रहेको आयूर्वेदिक स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्य शिविर सहितका कार्यक्रमहरु समेत सञ्चालन गर्ने बताए ।

सोही अवसरमा चौकीदार रोकाले चाडपर्वमा जिल्लाका समाजसेवीहरुको सहयोगले सहज भएको बताए । उनले बेनीबजारभित्रबाट चाडपर्वमा प्राप्त सहयोगदातालाई सधै सम्झने बताए । म्याग्दी कारागारमा १२९ जना कैदीबन्दी रहेका छन् ।