म्याग्दीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

  • २९ कार्तिक २०७७, शनिबार
  • 1286 पटक पढिएको

म्याग्दी २९ कात्तिक । म्याग्दीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका र शंकास्पद बिरामी व्यक्तिहरुको कात्तिक २५ र २६ गते गते ७० वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।


बेनी नगरपालिका वडा न ७, ठेगाना भएका वर्ष २६ र १८, का २ जना पुरुष र वर्ष २६ र ५५ का २ जना महिला, वडा नं ८ ठेगाना भएका वर्ष ७५, ६७ र २५ का ३ जना पुरुष र वर्ष ५८ र ३० का २ जना महिला तथा अन्नपूर्ण गाउँपालिका वडा नं ४ ठेगाना भई सोही गाउँपालिकामा कार्यरत वर्ष २८ का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

सबै संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र बेनी ८ का ७५ वर्षीय पुरुष पोखरा रहनु भएको र अन्य संक्रमितहरु स्थानीय आईसोलेशन तथा होम आईसोलेशनमा राखिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

हाल सम्म म्याग्दी जिल्लाबाट नमुना संकलन गरि पिसिआरको लागि पठाईएकोमध्य १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमित ८० जना निको भएर घर गईसक्नु भएको छ । जिल्ला बाहिर गई संक्रमण पुष्टि भएका जम्मा ११ जनाको औपचारिक तथा ७ जनाको अनौपचारिक जानाकारी प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।