रिजालको उपचारमा अमेरिकाबाट १ लाख ७५ हजार बढी सहयोग (नामावलि सहित)

  • १६ कार्तिक २०७७, आईतवार
  • 2089 पटक पढिएको

म्याग्दी १६ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा अमेरिकामा रहेका राखुबासीले रु १ लाख ७५ हजार बढी सहयोग गरेका छन् ।

गत कात्तिक ५ गते रुखबाट खसेका पिप्लेका २२ बर्षका अवतार रिजालको शरीरका विभिन्न भाग र मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या आएपछि उपचाररत उहाँको सहयोगार्थ आर्थिक संकलन अभियान चलाईउको थियो ।

रिजालको उपचारमा अमेरिकामा रहनुभएका पिप्लेका किसोर शर्माको नेतृत्वमा त्यहाँ रहेका राखुबासीबाट रु १ लाख ७५ हजार २३६ सहयोग संकलन गरि प्राप्त भएको नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखाका सभापती तारानाथ शर्माले जानकारी दिनुभयो । अमेरिकामा रहेका राखुबासी र रखाल समाज अमेरिका मार्फत सो सहयोग प्राप्त भएको हो ।
रिजालको उपचारमा ठुलो खर्च लाग्ने भएपछि नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखा र सिवाईजी क्लबको अगुवाईमा सञ्चालन भएको सहयोग संकलन अभियान अन्र्तगत हालसम्म करिब ५ लाख बढी सहयोग संकलन भैसकेको छ ।

सामान्य परिवारका रिजालको उपचारमा ठुलो खर्च लाग्ने भएपछि पारिवारीक समस्या बुझेर सहयोगको आह्वान गरिएको नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखाले जनाएको छ । रिजालको उपचारमा सहयोग जुट्ने क्रम जारी रहेको छ ।

सहयोग दाताको नामावलि

१ दिनेश मल्ल ( भगवती)$५०

२ अर्जुन शाही ( पिप्ले )$५०

३ धुर्ब शाही (पिप्ले )$५०

४ बिरेन्द्र कुमार चन्द (पिप्ले)$५०

५ नबिन मल्ल ( भगवती)$५०

६ कृष्ण शाही (पत्लेखेत )$७५

७ सुमन मल्ल (भगवति )$५०

८ डम्बर कार्की (भगवति )$५०

९ प्रकाश मल्ल (पिप्ले )$५०

१० सुभद्रा भण्डारी (भगवति )$१००

११ सुरेन्द्र भण्डारी (भगवति )$५१

१२ सागर मल्ल (पिप्ले)$१००

१३ रोशन खत्री (पिप्ले )$५०

१४ सोचिन्द्र भण्डारी (पिप्ले )$५०

१५ दिपेश के सी (भगवति )$५०

१६ रमेश मल्ल $५०

१७ पबिन जी सी (मल्लाज )$२५

१८ किशोर शर्मा (पिप्ले)५०$

१९ रखाल समाज अमेरिका ( बाल्टिमोर)$५००
सम्पर्क ः तारानाथ शर्मा ९८४७७४५९८४