म्याग्दीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

  • १६ कार्तिक २०७७, आईतवार
  • 2644 पटक पढिएको

म्याग्दी १६ कात्तिक । म्याग्दीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित व्यक्तिको कन्टयाक्ट टे«सिङमा परेका १५ जनाको नमुना संकलन गरी पिसिआर परिक्षणको लागि पठाईएकोमा बेनी नगरपालिका–७ ठेगाना भएका ७८ बर्ष र ४४ का दुई जना महिला र बर्ष ५६ का १ जना पुरुष, बेनपा–८ ठेगना भएकी बेनी अस्पतालमा कार्यरत एक महिला स्वास्थ्यकर्मी, र रघुगंगा गाउँपालिका–२ का ३४ बर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

संक्रमितहरुको अबस्था सामान्य रहेको र उनीहरुलाई स्थानीय आइसोलेसन र होम आइसोलेसनमा राखिएको छ । म्याग्दी जिल्लाबाट हालसम्म १८ महिला र ७६ पूरुष गरि कुल ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।