कोरोना संक्रमणलाई नियन्त्रण गर्न बेनीमा जनस्वास्थ्य अभियान
- १६ कार्तिक २०७७, आईतवार
- 1529 पटक पढिएको
म्याग्दी १६ कार्तिक । म्याग्दी सदरमुकाम बेनीमा कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणकोे जोखिम न्यूनिकरण र रोकथामको लागि जनस्वास्थ्य अभियान सञ्चालन गरिएका छ । स्वास्थ्य कार्यालयको समन्वय र डिसिसिएमसीको आयोजनामा आईतवार कोरोना भाइरसको संक्रमणबारे जनचेतनामुलक अभियान सुरु गरिएको हो । कोरोना नियन्त्रण र रोकथाम गर्नका लागि जनचेतनामुलक सन्देशहरु सहितको व्यानर र माइकिङ सहित बेनी बजार र मंगलाघाट बजार परिक्रमा गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । बेनी नगरपालिकाका जनप्रतिनिधि समेतको सहभागीतामा सो अभियान गरिएको थियो ।
। बेनी बजारमा कोरोना भित्री सकेको र दशैँको समयमा आवत जावत बढेको कारण थप फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै नागरिकलाई सजगता र सतर्कता अपनाउन आह्वान सहित जनस्वासथ्य अभियान चलाईएको उहाँले बताउनुभयो । बेनीमा कोरोना संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक टे«सिङ गरि आबश्यकता अनुसारको नमुना परिक्षणका लागि स्वाब संकलन पनि गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्न सबैभन्दा भरपर्दो र सजिलो उपाय मास्क लगाउने, साबुनपानीले हात धुने र दुई मिटरको दुरी कायम गर्ने विधिलाई पालना गर्न जनस्वास्थ्य अभियान मार्फत आह्वान गरिएको छ ।
बेनीमा लक्षणसहितका कोरोना संक्रमित भेटिनु र यहाँबाट उपचारको क्रममा काठमाण्डौ लगेका विरामीमा कोरोना पोजेटिभ देखिएर मृत्यु समेत भएपछि बेनीमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको हुनसक्ने आकलन गरिएको छ । म्याग्दीमा स्वास्थ्यकर्मी, व्यवसायी, प्रहरी, जलविद्यूत आयोजनामा कार्यरत मजदुर र कर्मचारीहरुमा समेत कोरोना पोजेटिभ देखिएको छ । कोरोना संक्रमणका कारण विहिवार बेनीका एकजनाको ज्यान गएपछि थप सर्तकता अपनाउन बेनी नगरपालिका र म्याग्दी उद्योग बाणिज्य संघको अनुरोधमा डिसिसिएमसिको बैठकबाट बेनीमा एक सातालाई आवत जावत र भिडभाड रोक्नका लागि थप कदम चाल्ने निर्णय गरेको थियो ।
उक्त बैठकले अत्याबश्यक बाहेक बेनी नगरपालिका र वडाको सेवा प्रवाह, बेनीका बैँक तथा वित्तिय संस्थाका सेवा, सरकारी तथा गैर सरकारी संघ संस्थाका सेवा स्थगन गर्ने र पसलहरु बन्द गर्ने निर्णय गरेको थियो । बेनी बजारबाट संक्रमण गाउँतह सम्म नजाओस र एक संक्रमितबाट अरुमा थप फैलन नपावस भनेर सतर्कता अपाईएको प्रजिअ उमाकान्त अधिकारीले बताउनुभयो । ‘‘ यो लकडाउन र निषेधाज्ञा होइन, कोरोना नियन्त्रण गर्न भिडभाड र आवत जावतलाई व्यवस्थित गर्न खोजिएको हो छ, यसले संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा समेत सहयोग पुग्नेछ’’–प्रजिअ अधिकारीले भन्नुभयो ।
उहाँले अत्याबश्यक काम बाहेक घरबाहिर ननिस्कन र आवत जावत नगर्न समेत जिल्लाबासीलाई आह्वान गरिएको बताउनुभयो । त्रसित र आतंकीत नभइकन सजक हुनुपर्ने अबस्था आएको आएको भन्दै प्रअिज अधिकारीले । स्थानीयबासीले समेत जोखिमयुक्त ठाउँबाट आएकाहरुको निगरानी गर्ने र होमक्वारेनटाइनमा राख्न रचनात्मक भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । बेनीमा एक सातालाई पसलहरु बन्द र सरकारी तथा वित्तिय संस्थाको सेवा स्थगीत गरेपछि बजार क्षेत्र सुनसान बनेको छ ।