प्रतिबन्धित नेकपाको सिंगामा कोणसभा

  • १६ कार्तिक २०७७, आईतवार
  • 1364 पटक पढिएको

म्याग्दी १६ कात्तिक । सरकारले प्रतिबन्धित लगाएको नेपाल कम्युनिष्ट पार्टीले शनिवार बेनी नगरपालिका–४ सिंगामा कोणसभा सम्पन्न गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको केन्द्रीय कार्यक्रम अनुसार सिंगामा सरकारले गरेका गलत कार्यहरुलाई बाहिर ल्याउने उदेश्यले कोणसभा गरिएको जनाइएको छ ।

सो अवसरमा स्थानीयबासीलाई प्रतिबन्धित पार्टी नेकपाका नेताहरुले कोरोना कहरमा सरकारले जनतालाई दुख दिएको, रोजीरोटी खोसिएको र व्यापार व्यवसाय बन्द भएको अबस्थामा समेत सरकारले कोरोना संक्रमीतको उपचार नगर्ने भन्दै गैरजिम्मेवार कदम चालेको आरोप लगाईएको थियो ।

अखिल क्रान्तिकारीका जिल्ला संयोजक चेन्जोले  सञ्चालन गरेको सो कार्यक्रममा  राष्ट्रिय जागरण मञ्चका जिल्ला संयोजक काजीबा, नेकपा जिल्ला सेक्रेटरी रामराजासिंह लगायतले कोणसभामा मन्तव्य राख्नुभएको थियो ।