मुलुकभर थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि

  • ७ कार्तिक २०७७, शुक्रबार
  • 751 पटक पढिएको

 

काठमाडौं ७ कात्तिक । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । हालसम्म देशभर ८२९ जनाको मृत्यु भएको । संक्रमितमध्ये देशभरमा रहेका आइसोलेसन र होम आइसोलनबाट हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् । देशभर काेराेना संक्रमण समुदाय स्तरमा फैलिएकाे छ ।