चाडपर्व लक्षित सुरक्षा रणनीति निर्माण
- २६ आश्विन २०७७, सोमबार
- धिरन खत्री
- 1171 पटक पढिएको
म्याग्दी, २६ असोज । म्याग्दीमा चाडपर्वकाे समयमा हुने अपराधीक गतिविधि नियन्त्रणका लागि सुरक्षा रणनीति निर्माण गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले चाडपर्व लक्षित गरेर सुरक्षा रणनीति तयार गरेको हो । चाडपर्वको समयमा हुने सक्ने अपराधीक गतिविधिहरुलाई नियन्त्रण गर्दै शान्ति सुरक्षालाई मजवुद गराउन सुरक्षा रणनीति कार्यान्वयनका लागि अपिल गरिएको प्रहरी नायव उपरिक्षक किरनजङ्ग कुवँरले बताउनुभयो ।
जिप्रका म्याग्दीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमाी कोरना संक्रमण रोकथाम तथा नियन्त्रण र चाडपर्वको समयमलाई मध्यनजर गर्दै अपराध रोकथाम, शान्ति सुरक्षाको प्रत्याभुति गराउनका लागि कार्यालयले अवलम्वन गरेको सुरक्षा रणनीति बारे जानकारी गराएको हो । कार्यालयले कोरोना भाईरसको बढ्दो जोखिम मध्यनजर गरेर दशैको अवसरमा जिल्लाको विभिन्न ठाउँमा हुने परम्परागत कोत पुजालाई स्थगित गरी क्षमा पुजा गरेर औपचारिकता सिमित गर्न आग्रह गरेको जानकारी गराउनुभयो ।
त्यसैगरी दशै तिहारको समयमा जुवातास विकृती मौलाउने तथ्यलाई ध्यानमा राखेर जुवातास नियन्त्रणको लागि विशेष टोली परिचालन गरेको प्रहरी नायव उपरिक्षक कुवँरले जानकारी दिनुभयो । खाद्यान्नमा हुने कृत्रिम अभाव तथा कालोबजारी, पैदलमार्ग तथा सुरक्षा चुनौती रहेको ग्रामिण बस्तीमा हुने चोरी डकैती, यात्रुको चापमा सवारीसाधनले मनोमानी भाडा लगायतको विषयलाई ध्यान दिएर सुरक्षा रणनीति कार्यान्वयनका लागि रणनीीत सार्वजनिक गरेको हो ।
चाडपर्वको समयमा यात्रुहरुलाई सहजीकरण गर्नका लागि कालीपुल बसपार्क, बेनी–दरवाङ सडक अन्तरगत सिगां तातोपानी, बेनी–जोमसोम सडक अन्तरगत भुरुङ तातोपानी, बेनी– बागलुङ सडक अन्तरगत रत्नेचौरमा नागरिक सहायता कक्ष राखिने प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरी नायव उपरिक्षक कुवँरले कार्यालयले गरेका विभिन्न गतिविधिहरु समेत सार्वजनिक गर्नुभएको थियो ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l