धारापानीका बाढीपहिरो पीडितलाई नेपाल ताईवान संघद्धारा टेन्ट र जस्तापाता सहयोग

  • ११ आश्विन २०७७, आईतवार
  • 897 पटक पढिएको

म्याग्दी ११ असोज । म्याग्दीको धवलागिरी गाउँपालिका–६, धारापानीका बाढीपहिरो पीडितलाई नेपाल ताईवान संघले टेन्ट र जस्तापाता सहयोग गरेको छ । पहिरोले विस्थापित जिवन विताइरहेका स्थानीयलाई ३० थान टेन्ट ७ बन्डल जस्तापाता संघका नेपाल प्रतिनिधि सुवोध प्रधान, केदारमान सिंह, निर्मल श्रेष्ठमार्फत मोना अन्तराष्ट्रियका प्रमुख संरक्षक चक्रबहादुर थापालाई हस्तान्तरण गर्नुभएको थियो ।


बेनीमा आयोजित कार्यक्रममा धारापानीका इन्द्र थापाको पहलमा संघका अध्यक्ष राजु गुरुङ, उपाध्यक्षद्धय राजन श्रेष्ठ, राम बानियाँले म्याग्दीबासीलाई भविस्यमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको संयोजनकर्ता सुबोध प्रधानले बताउनुभयो । उक्त टेन्ट र जस्तापाताले अस्थायी संरचना बनाउने र भविस्यमा थप सहयोगका लागि समेत पहल गर्ने प्रधानले प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा बेनीका ब्यवसायी अनोद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।