कोरना नियन्त्रण तथा ब्यवस्थापनमा म्याग्दीमा ३ करोड ५८ लाख खर्च

  • १० आश्विन २०७७, शनिबार
  • 921 पटक पढिएको

म्याग्दी, १० असोज । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र व्यवस्थापनका लागि म्याग्दीमा ३ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । बेनी नगरपालिकासहित ५ वटा गाउपालिकाको आर्थिक वर्ष २०७६र७७ मा तीन करोड ५८ लाख रुपैयाँ खर्च भएको हो । क्वारेन्टटाइन संचालन ब्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामाग्री खरिद र स्वयमसेवक परिचालन लगायतको क्षेत्रमा सो रकम खर्च गरेका हुन् ।

कोरना भाईरस रोकथाम र नियन्त्रणको लागि बेनी नगरपालिकाले ८१ लाख लाख ३३ हजार ११२ रुपैया खर्च गरेको छ । कुल १ करोड ३७ लाख ३० हजार ३७३ रुपैया संकलित रकमध्य कोरना कोषमा ५५ लाख ९७ हजार २६१ रुपैयाँ बाकी रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले बताए ।

गाउँपालिकातर्फ अन्नपुर्णको ४६ दाख ५८ हजार, रघुगंगााको ७४ लाख ६९ हजार, मंगलाको ५९ लाख ५३ हजार, मालिकाको ५७ लाख ३९ हजार र धौलागिरि गाउँपालिकाको ३९ लाख २३ हजार खर्च भएको सार्वजनिक गरेका छन् । कुल खर्चको आधा भन्दा बढी रकम राहत खाद्यान्न वितरणमा भएको छ । स्थानीय तहको सहयोगमा बेनीको शैक्षिक तालिम केन्द्रमा २० बेड क्षमताको आइसोलेसन निर्माण गरिएको छ ।

विदेशबाट आएका र भारतीय सीमा नाकामा अलपत्र परेकालाई गाडीको व्यवस्था गरेर बेनी ल्याइ क्वारेन्टिनमा राख्ने, खाद्यान्न राहत वितरण, स्वास्थ्य सामग्री खरिद, स्वयमसेवक परिचालन गरेर स्वास्थ्य सुरक्षा मापदण्ड र लकडाउनको कार्यान्वयन गराउने, सीमा नाकामा चेकजाँच र गाउँमा सन्देशमुलक कार्यक्रम संचालन गरेका थिए ।

आर्थिक वर्ष २०७७/७८ मा स्थानीय तहले कोरोना रोकथाममा प्राथमिकता दिएर बजेट बिनियोजन गरेका छन् । बेनी नगरपालिकाले १ करोड ५० लाख कोरना रोकथाम तथा नियन्त्रणमा छुट्याएको छ ।