भारतबाट आएका कोरोना संक्रमित घर पुगेको पुष्टि, घरपरिवारलाई राखियो होम क्वारेनटाइन
- ७ आश्विन २०७७, बुधबार
- 1157 पटक पढिएको
म्याग्दी ७ असोज। म्याग्दीमा कोरोना संमण पुष्टि भएका बेनी स्थित क्वारेनटाइनमा बसेका युवा आफ्नो घरमा समेत पुगेको पुष्टि भएको छ । भारतबाट आएर बेनीको क्वारेनटाइनमा पिसीआर परिक्षणको लागि स्वाव संकलन भएपछि ती युवा एक दिन घरमा समेत पुगेको भेटिएको हो । गण्डकी प्रदेशको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा बेनी नगरपालिका वडा नम्बर ३ दुधेखोलाका ३० बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कन्टयाक्ट ट्रेसिङ गर्दा उनी विदेशबाट आएपछि आफ्नो घरमा समेत पुगेको खुलेपछि उनका घरपरिवार र उनीसंगको सम्पर्कमा आएकालाई होम क्वारेनटाइनमा राखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए। घरबाहेक अन्य स्थानमा नगएको देखिएको र उनको सम्पर्कमा रहेका सबैलाई होम क्वारेनटाइनमा बस्न अनुरोध गरिएको छ ।
कन्टयाक्ट ट्रेसिङमा समेटीनेहरुको समेत स्वाब लिएर नमुना परिक्षण गरिने जनाईएको छ । म्याग्दीमा हालसम्म कोरोना संक्रमितको संख्या ५० पुगेको छ भने ४९ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।