म्याग्दीमा भारतबाट आएका थप १ जनामा कोरोना पुष्टि

  • ७ आश्विन २०७७, बुधबार
  • 1065 पटक पढिएको

म्याग्दी ७ असोज। म्याग्दीमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा बेनी नगरपालिका वडा नम्बर ३ का ३० बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी हालैमात्र भारतबाट फर्किएर बेनीको क्वारेन्टाइनमा रहेको र संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।


यो सँगै म्याग्दीको संक्रमितको संख्या ५० पुगेको छ । ४९ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । छिमेकी जिल्ला बागलुङ र पर्वतमा समुदायमा कोरोना संक्रमण फैलिएको छ भने म्याग्दीमा उच्च सतर्कता अपनाइएकाले समुदायमा संक्रमण फैलिन पाएको छैन । म्याग्दीमा हालसम्म १५२३ वटा नमुना संकलन गरि पिसिआर जाँच गर्न पठाईएकोमा १४९३ वटाको रिपोर्ट आईसकेको छ ।