भुकम्पले प्रभावित ५५ वटा विद्यालयको भवन पुर्ननिर्माण

  • २४ भाद्र २०७७, बुधबार
  • धिरन खत्री
  • 1503 पटक पढिएको

म्याग्दी, २४ भदौ । भुकम्पले प्रभावित म्याग्दीका ५५ वटा विद्यालयको भवन पुननिर्माण भएको छ । भूकम्पले जिर्ण बनेका र भत्किएका विद्यालयको भवन पुर्ननिर्माण गरिएको हो ।
जिल्लामा रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यालय (शिक्षा) ईकाइ मार्फत चार कोठे २४ वटा, ३ कोठे ९ वटा र २ कोठे २२ वटा निर्माण भएको ईकाई प्रमुख तुलराज चौलागाईले जानकारी दिए । उनले हालसम्म विद्यालयको २२ वटा शौचालय र दुइवटा खानेपानी सुविधा निर्माण सम्पन्न भएको बताए । उनका अनुसार, ‘कार्यालय संचालनपछि विद्यालयतर्फको ७९ वटा योजना सम्पन्न छ।


आर्थिक वर्ष २०७३/७४ देखि विद्यालय भवन पुननिर्माण सुरु भएको थियो । पहिलो वर्ष १ वटा दुई कोठे, २ वटा तीन कोठे र एक वटा चार कोठे भवन निर्माण भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा ३ वटा दुई कोठे, तीन वटा तीन कोठे र १ वटा एक कोठे भवन निर्माण भएको थियो । २०७५/७६ को पहिलो चरणमा १० वटा दुई कोठे, २ वटा तीन कोठे र १२ वटा चार कोठे भवन बनेको छ, भने शौचालय २० वटा निर्माण भएको कार्यालयले जानकारी दिएको छ ।

२०७६÷०७७मा ४ कोठ ३२, ३ कोठे ३ र २ कोठा भएको १० वटासहित ४५ विद्यालयको भवन निर्माणको चरणमा रहेको छ ।’ उनले भने । त्यस्तै २१ वटा शौलालय र २१ खानेपानी सुविधाका योजनाहरु विभिन्न विद्यालयमा संचालन भएको ईकाइ प्रमुख चौलागाईले बताए । २०७६/७७ मा विद्यालयतर्फ २४ करोड ४१ लाख ६२ हजार मध्ये २४ करोड ४ लाख ६५ हजार रुपैया खर्च भएको छ,। यस आर्थिक बर्षमा २४ वटा भवन निर्माणमा १२ करोड ५७ लाख ९० हजार ४९० रुपैया, २० वटा शौचालय निर्माणमा ३ करोड ९ लाख ६० हजार ८२० रुपैयाँ खर्च भएको कार्यालयले जानकारी दिए ।

गत आर्थिक बर्षमा सुरु गरिएको योजना मध्य ४५ वटा भवन, २१ वटा शौचालय र २१ वटा खानेपानी योजना पेश्की दिएर निर्माधिन चरणमा रहेका छन् । विद्यालयको जिर्ण पुर्वाधार पुननिर्माणका लागि ५ वटा चारकोठे भवन, ९ वटा शौचालय र ६ खानेपानी निर्माणका लागि छनोट भएका छन् ।

विद्यालय भवन निर्माणका लागि प्राबिधिकले तयार पारेको लगत ईस्टिमेट अनुसार बजेट बिनियोजन भएको छ । टाढाका विद्यालयको ढुवानीले लागत बढ्ने र सुगमका विद्यालयमा ढुवानी कम हुने गरि लागत अनुमान तयार पारिएको छ । सुबिधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताका भवन निर्माण भएपछि पठनपाठन सहज भएको छ । विद्यार्थीको अध्ययनका लागि सुरक्षित विद्यालय निर्माणमा म्याग्दीमा तिव्रता पाएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l