फरार अपराधी नियन्त्रणमा म्याग्दी प्रहरीको सफलता

  • २३ भाद्र २०७७, मंगलवार
  • धिरन खत्री
  • 2040 पटक पढिएको

 

म्याग्दी, २३ भदौ । विभिन्न अपराधीक घटनामा अदालतबाट दोषी ठहर भई फरार रहेका ब्यक्तिहरुलाई नियन्त्रणमा ल्याउन म्याग्दी प्रहरीलाई सफल मिलेको छ । जिल्ला प्रहरी कार्यालयले संचालन गरेको फरार अभियुक्त प्रकाउ अभियान अन्तरगत पछिल्लोे दुई महिनामा फरार रहेका २५ जना ब्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

जसमध्ये मालिका गाउँपालिका– ४ ओखरबोटमा ११ बर्षअघि आयोजित मेलामा खेलाडी हत्या घटनामा संग्लन रहेका ५ जनालाई एकैसाथ प्रकाउ गरेको छ । घटना दोषी ठहर भएका उनीहरुलाई पोखरामा लुकीछिपि रहेको अवस्थामा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक किरणजंग कुवरले जानकारी दिए । मेलामा बागलुङ तमाङका २१ बर्षका नारायण छन्त्यालको हत्या भएको थियो । सो घटना जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका मालिका गाउँपालिका– ४ ओखरबोटका २० बर्ष जेल सजाय तोकिएकाहरु बलमान घर्ती, तिर्थेन्द्र घर्ती मगर, जिवन घर्ती मगर र १० बर्ष कैद सजाय तोकिएका दुर्गा बहादुर घर्ती र दल प्रसाद पुन अदालतबाट दोषी ठहर भएपनि अहिल्यसम्म फरार रहेका थिए ।
२० वर्षअघि कर्तब्य ज्यान मुद्दा लागेर फरार रहेका धवलागिरी गाउँपालिका–३ दरका ४४ वर्षीय चन्द्रवल घर्तीलाई पक्राउ गरेको छ । २० बर्षअघि २२ वर्षीय गर्बे पाइजालाई हत्यामा संग्लन घर्तिलाई प्रकाउ गरेको थियो ।

प्रहरी अनुसार– कर्तव्य ज्यान, डाकाचोरी, लागु औषध, सवारी ज्यान, सम्वन्ध विच्छेद, सार्वजनिक अपराध, बहुविवाह र नाता कायम लगातयको मुद्धामा दोषी ठहर रहेकाहरुलाई अहिल्य उनीहरूलाइ नियन्त्रण्मा लिएको छ । साढे दुईमहिनामा विभिन्न घटनामा दोषी ठहर भएका अभियुक्तलाई प्रकाउ गर्न प्रहरीको टिम निरन्तर खटिएर सफलता मिलेको प्रहरी नायव उपरिक्षक कुवरले बताए । उनले अदालतबाट दोषी ठहर भएर फरार रहेका अभियुक्तलाई खोजी कार्य निरन्तर चलिरहेको बताए । विभिन्न घटनामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरेका करिव दुईसयको संख्यामा फरार रहेको प्रहरी निरिक्षक धुव्र शर्माले जानकारी दिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l