नेकपा म्याग्दीद्धारा सुरेश वाग्ले र भिमसेन पोख्रेलको स्मृति दिवस मनायो

  • २३ भाद्र २०७७, मंगलवार
  • 1369 पटक पढिएको

म्याग्दी २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले तत्कालिन संघर्षरत माओवादीले सञ्चालन गरेको जनयुद्धमा राज्यपक्षबाट मारिएका सुरेश वाग्ले (वासु) र भिमसेन पोख्रेल (बैरागी)को २१ औँ स्मृति दिवस सोमबार मनाएको छ । पार्टी कार्यालय हाँडेभीरमा आयोजित कार्यक्रमा तस्विरमा माल्यार्पण गरिएको थियो ।

नेकपा म्याग्दीका सचिब हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका गण्डकी प्रदेश कमिटिका कार्यालय सदस्य एवम् संविधान सभा सदस्य नवराज शर्माले सहिदहरुको बलिदानीबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै जनतालाई सेवा र सुविधा दिनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आग्रज र सबै सहिदहरुको त्याग र बलिदानीलाई खेर फाल्न नहुने बताउँदै बिगतमा भएका कमिकजोरीबाट पाठ सिकेर उज्यालो भविश्यतर्फ एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । नेकपा म्याग्दीका सचिबालय सदस्य शेरबहादुर केसीको स्वागत र कार्यालय सदस्य बालकृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिसस प्रमुख देवेन्द्रबहादुर केसी लगायत जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

तत्कालीन नेकपा माओवादीको पोलिटव्युरो सदस्य वाग्ले (वासु) र नेता पोख्रेलको २०५६ साल भदौ २३ गते गोरखाको गाँखुमा प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको थियो । उनलाई नजिकबाट चिन्नेहरुका अनुसार वि.सं. २०५६ भदौमा पार्टी केन्द्रीय समितिको पूर्ण बैठकपछि पार्टीकै कामको सिलसिलामा प्लाटुन कमाण्डर भीमसेन पोखरेल (उमा भुजेलका श्रीमान) र एक महिला प्लाटुन सदस्य बीनासँग गोरखा जाने क्रममा भदौ २३ गते छोप्राकका नेपाल प्रहरीको स्पेशल कमाण्डो फोर्ससँग जम्काभेट भएको थियो । त्यसपछि घेरा तोड्न खोज्दा वाग्लेसँगै रहेका प्लाटुन कमाण्डर भीमसेन पोखरेलको गोली लागेर मृत्यु भएको थियो ।