चालकलाई स्वास्थ्य सामाग्री वितरण

  • २१ भाद्र २०७७, आईतवार
  • 695 पटक पढिएको

 

म्याग्दी, २१ भदौ । ट्याक्सी ब्यवसायी म्याग्दीले सवारी चालकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । कोरना भाईरसको सँक्रमण र जोखिमलाई मध्यनजर गर्दैै ट्याक्सी चालकलाई स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।बेनी यातायात प्रालिले कालीपुल बसपार्कमा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी र प्रहरी नायव उपरिक्षक किरणजंग कुवरको उपस्थितमा चालकलाई मास्क, ग्लोब, सेनिटाईजर र ‘फेस शिल्ड’ वितरण गरेको थियो ।


प्रजिअ अधिकारीले ट्याक्सीका चालकलाई यात्रु बोक्ने क्रममा संक्रमणको जोखिम रहेकाले वितरण गरिएका साम्रागीको अनिवार्य प्रयोग गर्न आग्रह गरेका थिए । त्यस्तै प्रनाउ कुँवरले अन्तरजिल्ला यात्राको क्रममा जोखिम उच्च भएकाले जिल्लाभित्र फर्किएपछि अनिवार्य होम क्वारेन्टाइनमा बसेर ब्यवसायलाई सुरक्षित गराउन चालकलाई अनुरोध गरेका थिए ।


जिल्लामा रहेका १६० ट्याक्सीका चालकलाई प्रति चालक करिब १ हजार बराबरको साम्रागी उपलब्ध गराइएको महासचिव भोजबहादुर थापाले जानकारी दिए । कार्यक्रममा प्रालिका अध्यक्ष टिकाप्रसाद पुर्जाको उपस्थित थियो ।