बाढी पहिरो पीडितको लागि मोना क्षेत्रिय कमिटि जापानद्धारा साढे ५ लाख बढी सहयोग ( नामावली सहित)

  • १७ भाद्र २०७७, बुधबार
  • 1811 पटक पढिएको

म्याग्दी १७ भदौ । म्याग्दीमा आईपरेको बाढी र पहिरोबाट घरवार विहिन भएकाहरुको पुर्नवासको लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्षेत्रिय कमिटि नागोया जापानले साढे ५ लाख बढी सहयोग जुटाएको छ । नागोयामा रहेका म्याग्देली तथा नेपालीहरु मार्फत आर्थिक संकलन गरि सो सहयोग जुटाईएको हो । मोना क्षेत्रिय कमिटी नागोयाले पूर्ण गर्वुजाको संयोजकत्वमा आर्थिक संकलन अभियान सञ्चालन गरि  नेपाली साढे ५ लाख बढी ( ५ लाख ३८ हजार पचपन्न जापानी ऐन) सहयोग जुटाएको हो ।

संकलित रकमलाई म्याग्दीमा बाढी र पहिरोबाट घरबार विहिन भएकाहरुको पुर्नवासमा परिचालन गर्ने गरि मोना जापान मार्फत मोना अन्र्तराष्ट्रियको खातामा जम्मा गरिने भएको छ । सो कार्यको लागि क्षेत्रिय कमिटिका अध्यक्ष रुपेश चोचांगी मगर र कोषाध्यष रामबहादुर किसानले बुधवार संकलीत रकम मोना राष्ट्रिय कार्यसमिति जापानका अध्यक्ष दिपक कार्कीलाई हस्तान्तरण गर्नुभएको छ । मोना जापानले जापानमा संकलन भएको सबै रकमलाई एकमुष्ट रुपमा मोना अन्र्तराष्ट्रियमा पठाउने र मोना अन्र्तराष्ट्रियले प्रवासीहरुबाट संकलन भएको रकमलाई घरबार विहिनहरुको पुर्नवासमा परिचालन गर्ने जनाइएको छ ।