सवारी ज्यान मुद्धामा दोषी ठहरिएका पक्राउ

  • ११ भाद्र २०७७, बिहीबार
  • 735 पटक पढिएको

म्याग्दी, ११ भदौ । सवारी ज्यान मुद्धामा जिल्ला अदालतले दशबर्ष अघि दोषी ठहर भएर कैद सजाय तोकिएका म्याग्दीका एक फरार ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पर्वत जिल्ला अदातलतले २०६७ जेठ १४ गते तीन महिना ५ दिन कैद बेरुजु रहेका मालिका गाउँपालिका –७ विमका २९ बर्षिय प्रकाश सुनारलाई मंगलबार पक्राउ गरेको हो ।

सुनारलाई अदालतको आदेश अनुसार तोकिएको सजाय भुक्तान गर्नका लागि म्याग्दी कारागार चलान गरिएको प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले जानकारी गराए । पछिल्लो २ महिनामा प्रहरीले कर्तव्य ज्यान, डाकाचोरी, लागु औषधी, सवारी ज्यान लगायतका मुद्दामा १४ जना फरार कसुरदार ब्यक्ति पक्राउ गरेको छ ।