संक्रमित प्रहरीको कन्टयाक्टमा रहेका १४ जनाको पिसिआर रिपोट नेगेटिभ
- १० भाद्र २०७७, बुधबार
- 1639 पटक पढिएको
म्याग्दी, १० भदौ । संक्रमित प्रहरी जवानको क्न्टयाक्टमा रहेका १४ जना प्रहरीको पिसिआर रिपोट नेगेटिभ आएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणबाट कोरोना संक्रमित जवानसंग सम्पर्कमा रहेका १४ जनासहित ३५ जनाको रिपोट नेगेटिभ आएको हो ।
प्रहरीसंगै जिल्ला बाहिराबाट आएका कर्मचारी र क्वारेन्टाईनमा बसेका उनीहरुको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका निर्मित स्वास्थ्य प्रमुख एकनारायण लम्सालले बताए । तालिम सकाएर हालै पोखराबाट म्याग्दी आएका २० बािर्षय प्रहरी जवानमा कोरना सँक्रमण पुष्टि भएपछि उनीसंग सम्पर्कमा रहेकाहरुको पिसिआर संकलन गरी परिक्षण गरिएको थियो ।
उनले कोरना संक्रमणबाट घरमै बस्न अनुरोध गर्दै आवश्यक काम बाहेक अन्य काममा बाहिर नघुम्न आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीले अन्तरजिल्ला आवातजावातलाई कालीपुल सिमानामा कडाई गरेको छ ।