राष्ट्रिय युवा संघ र अनेरास्ववियू म्याग्दीद्धारा अनियमित विद्युत आपुर्तिप्रति ध्यानाकर्षण

  • १० भाद्र २०७७, बुधबार
  • 1375 पटक पढिएको

म्याग्दी, १० भदौ । म्याग्दीमा अनियमित विद्युत आपुर्ति बढेपछि नेकपा निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू म्याग्दीले नेपाल विद्युत प्राधिरकण म्याग्दी वितरण केन्द्रलाई ध्यानाकषर्ण गराउदै ज्ञापन पत्र बुझाएका छन् ।


पुर्व जानकारी विना विद्युत आपुर्ति बन्द हुदाँ जनतामा परेको असर र अनियमित विद्युत आपुर्तिको समस्या समाधानप्रति गम्भिर बन्न केन्द्रलाई माग गर्दै राष्ट्रिय युवा संघका सह–संयोजक सन्दिप खत्री र अनेरास्वीयूका संह–सयोजक रेशम केसी लगायतको टोलीले प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख माधव महतलाई ज्ञापन पत्र बुझाएका हुन् ।


विद्युत अनियमित हुदाँ जिल्लामा ब्यवसाय र सेवाप्रवाहमा ढिलासुस्ती भएको जानकारी गराउदै तत्काल भएको समस्या समाधान गर्नका लागि जिल्लामा सबै सरोकारवालहरुसंग सहकार्य गरेर विद्युत आपुर्तिलाई सहज बनाउन केन्द्रलाई आग्रह गरेका थिए ।

केन्द्रका प्रमुख महतले बर्खायामा पहिरो र रुख लडेर विद्युतको मुख्य वितरण लाईनमा पटक पटक असर गर्दा भौगोलिक र कम जनशक्तिले समयमै मर्मत गर्न असहज भएको बताए । विद्युत वितरण दुरी लामो हुदाँ एक ठाउँमा विग्रदा सबै ठाउँमा विद्युत बन्द हुदै आएको जानकार दिदै विद्युत आपुर्ति समस्या समाधान गर्नका लागि वितरण लाईनको दुरी कम गर्दै सवस्टेशन बनाउने र प्रत्येक सवस्टेशनमा फरक फिडर बनाउने तयारीमा लागेको जानकारी दिए । उनले सबैसंग सहकार्य गरेर विद्युत अनियमितता हटाउने प्रयासमा रहेको बताए ।