२० वर्षअघि कर्तब्य ज्यान मुद्दा लागेर फरार रहेका ब्यक्ति पक्राउ

  • ९ भाद्र २०७७, मंगलवार
  • 1223 पटक पढिएको

म्याग्दी, ९ भदौ । म्याग्दीमा प्रहरीले २० वर्षअघि अदालतबाट कर्तब्य ज्यान मुद्दामा दोषि ठहर भएर फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ । कतव्र्य ज्यान मुद्धा लागेका धवलागिरी गाउपालिका–३ दरका ४४ वर्षीय चन्द्रवल घर्तीलाई पक्राउ गरेको हो ।


प्रकाउ परेको ब्यक्तिलाई अदालतको आदेशमा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घर्ति समेतले २०५७ कात्तिक २१ गते दरका २२ वर्षीय गर्बे पाइजालाई मकैबारीमा बञ्चरो प्रहार गरि हत्या गरेको मुद्दामा जिल्ला अदालत म्याग्दीले २० वर्ष (जन्मकैद)को सजाय हुने फैसला सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलीले आइतबार दरबाट पक्राउ गरेका घर्तिलाई अदालतमा पेश गरि सोमबार सजाय भुक्तानका लागि जिल्ला कारागार म्याग्दीमा चलान गरिएको प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए ।

फरार पक्राउ अभियान अन्तरगत पछिल्लो २ महिनामा कर्तब्य ज्यान, डाँका चोरी, लागु औषध लगायतका मुद्दाका १३ फरार कसुरलाई पक्राउ गरेका छन् ।