म्याग्दीमा एक प्रहरी जवानमा कोरना संक्रमण पुष्टि
- ८ भाद्र २०७७, सोमबार
- 1129 पटक पढिएको
म्याग्दी, ८ भदौ । तालिम सकाएर हालै पोखराबाट म्याग्दी आएका २० बािर्षय प्रहरी जवानमा कोरना सक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणबाट प्रहरीको क्वारेन्टाइनमा बस्नुभएका उहाँलाई कोरना संक्रमण पुष्टि भएको हो ।
तालिम सकाएर आएका जवान क्वारेन्टाईनमा बसेका थिए । जिल्लाबाट ३१ जनाको रिपोटमा ३० जनाको नेगेटिभ र १ जना प्रहरी जवानको पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका निर्मित स्वास्थ्य प्रमखु एकनारायण लम्सालले जानकारी दिनुभयो ।
सक्रमित प्रहरी जवानलाई समुदायस्तरमा ड्युटीमा नखटाई क्वारेन्टाईनमा राखिएको प्रहरी नायव उपरिक्षक किरणजंग कुवरले जानकारी बताउनुभयो । संक्रमित जवानमा कोरनाका लक्षणहरु कुनै देखिएको छैन्, स्वास्थ्य अवस्था साधारण रहेको उहाँले जानकारी दिनुभएको छ ।