भूतपूर्व सैनिक सहकारीको मौवाफाँटमा सेवा केन्द्र संचालन

  • ३१ श्रावण २०७७, शनिबार
  • 1325 पटक पढिएको

म्याग्दी,३१ साउन । बेनीमा रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सेवा केन्द्र संचालनमा ल्याएको छ । रघुगंगा ३ मा रहेको मौवाफाँट बचत तथा ऋण सहकारी संस्थासंग हालै एकीकरण गरेको सहकारीले औपचारीक रुपमा शनिबारदेखि सेवा केन्द्र संचालन ल्याएको हो । सेवा केन्द्रको उद्घाटन गर्दै सहकारीका अध्यक्ष बालकृष्ण सुवेदीले म्याग्दी जिल्लाभर कार्यक्षेत्र विस्तार गर्ने अनुमति पाएको सहकारीले पालिकास्तरमा आर्थिक गतिविधि संचालन गर्ने वित्तिय पहुँच पु¥याउने उद्देश्यले सेवा केन्द्र संचालनमा ल्याएको बताउनुभयो ।


उहाँले कृषि, पशुपालन लगायतको रोजगारीको क्षेत्रलाई प्राथमिकता राख्दै शुलभ ब्याजदरमा कर्जा प्रवाह गर्ने र बचतकर्तालाई आकर्षक ब्याजदर दिईने भएकाले सहकारीमा सर्वसाधरणको आकर्षण बढ्दो रहेको बताउनुभयो । कार्यक्रममा सहकारीका लेखासमिति सदस्य पदम भण्डारी, सहसचिव मुक्तिनाथ शर्मा, सल्लाहकार ठहरबहादुर भण्डारी, सेवाकेन्द्र ब्यवस्थापन समितिका सदस्य प्रकाश सुवेदी र प्रवित्र आमासमुहकाा अध्यक्ष कमला केसी लगायतले छरिएर रहेको पुजीलाई संकलन गर्ने, छिटोछरितो कर्जा प्रवाह गर्ने, रोजगार सिर्जना गर्ने लगायतकाा काममा सहकारीको महत्वपुर्ण भूमिका रहेको चर्चा गर्नुभएको थियो ।


संचालन सदस्य मोहन बानियाँ, स्वागत मन्तव्य नरेन्द्रकुमार श्रेष्ठ का रहेकाेे साेे कार्यक्रममा जेष्ठ नागरिक र सेवानिवृत सैनिकहरुलाई सम्मान गरिएको थियो भने कोरना भाईरसको सचेतनामूलक जानकारी गराउदै सहभागिलाई सावुन, मास्क वितरण गरिएको थियो । सो अवसरमा खाता खोल्ने सेवाग्राहीलाई सम्मान गरिएको थियो । सेवा केन्द्रबाट बचत तथा ऋणको कारोवार , रेमिटान्ससंगै सदरमुकाम बेनीको केन्द्रिय कार्यालयबाट प्रवाह हुने मोवाईल बेकिङ्ग सेवाका लगायतका वित्तिय सेवा प्रवाह हुने सेवा केन्द्रका प्रमुख भदेवी तिलिजाले जानकारी दिईन ।