सिन्धुपाल्चोक पहिरो : जुगलमा १३ जना बेपत्ता

  • ३० श्रावण २०७७, शुक्रबार
  • 1037 पटक पढिएको

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा परेर १३ जना सम्पर्कविहिन भएका छन् । पहिरोले पुरिएका १३ घरमध्ये पाँच परिवारका १३ जना सम्पर्कविहीन भएको जुगल गाउँपालिकाका योजना अधिकृत रामबावु नेपालले  जानकारी दिए ।

 

पहिरोले घरमा पुरिएका आफै निस्कन सक्ने स्थानिय निस्केर लप्सेचौरमा सुरक्षित ठाउँमा गएर बसेका छन् । पहिरोको कारण ३० घर जोखिममा परेको बताइएको छ । घटनास्थलबाट ७ किलोमिटर टाढा झिर्कुबाट नेपााली सेनाको टोली उद्धारका लागी घटनास्थल तर्फ जाँदै छ । कात्तिके र जलविरेबाट प्रहरी पनि घटनास्थल तर्फ जाँदै छ ।

सभामुख अग्निप्रसाद सापकोटा नेपाली सेनाको हेलिकप्टरमा त्यसतर्फ लागेका छन् । उद्धारका लागी अरु तीनवटा हेलिकप्टरबाट सुरक्षाकर्मीलाई त्यसतर्फ पठाउन लागिएको बताइएको छ ।

राताेपाटी डटकमबाट