फ्रिजी लाईट संस्थाद्धारा पहिरो पीडितलाई २ लाख २५ हजार राहत वितरण

  • २५ श्रावण २०७७, आईतवार
  • 779 पटक पढिएको

म्याग्दी, २५ साउन । मराङ र विमका बाढीपहिरो पीडितलाई फिजी लाईट संस्थाद्धारा २ लाख २५ हजार रुपैयाको राहत विरतण गरेका छन् । जिल्ला समन्वय समिति म्याग्दीको सिफारिस र लामा राईजन ट्रेक एण्ड एक्सपेडीक्सन पोखराको सहजीकरणमा राहत वितरण गरेको हो ।


धौलागिरि गाउँपालिका– ६ मराङ र मालिका गाउँपालिका–७ विमका पहिरोबाट उच्च रुपमा प्रभावित ५० घरपरिवारलाई प्रति परिवार ४ हजार ५०० रुपैयाँको दरले सो राहत सामाग्री वितरण गरिएको हो । सामाग्री वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, मराङका वडाअध्यक्ष राजाराम सुवेदी, विमका वडाअध्यक्ष रेशम जुग्जाली, वडाअध्यक्ष सन्तनाथ सुवेदी, लामा राईजन ट्रेक एण्ड एक्सपेडीक्सन पोखराका अध्यक्ष छिरिङ सेर्पा र रघुगंगा गाउँपालिका –१ बादुकका समाजसेवी दुधबहादुर गर्वुजा र पर्यटन ब्यवसायी शेस्कान्त पौडेल, मनशान्त घिमिरे लगायतको उपस्थित रहेको थियो ।


विम र मराङको स्थलगत अवलोकन गर्दै पहिरो पीडितलाई पुर्नबासका लागि स्थानीय, प्रदेश र संघिय सरकार र विभिन्न संघसंस्थाहरुबाट एकीकृत भएर लाग्नुपर्ने जिसस प्रमुख केसीले बताए । गतमहिनाको असार २५ गते अविरलबर्षापछि मराङ र विममा २७ जनाको निधन र ३ जना बेपत्ता भएका थिए । बाढी र पहिरोले घर, विजुली, खानेपानी, सडक क्षतविक्षत बनाउदाँ हेलिकप्टरमार्फत विरामीको उद्धार र राहत सामाग्री उपलब्ध गराएका थिए ।