मृगौला विरामीलाई बेनी अस्पतालमा डायलासिस सेवा संचालन

  • २१ श्रावण २०७७, बुधबार
  • धिरन खत्री
  • 1382 पटक पढिएको

म्याग्दी, २१ साउन । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालमा मिर्गौला रोगबाट पीडित बिरामीका लागि डायलासिस सेवा सुरु भएको छ । जिल्लामा रहेका मृगौला विरामीहरु उपचारका लागि काठमाण्डौ, पोखरा र बागलुङ जानपर्ने समस्यालाई मध्यनजर गरेर गण्डकी प्रदेश सरकारको सहयोगमा डायलासियस सेवा संचालन गरिएको हो ।


संचालनपछि सेवा लिनका लागि विरामीहरु सम्पर्कमा आएका छन् । रघुगंगा गाउँपालिका–१ बेगकी पार्वति विकले विगत ३ बर्षदेखि पोखरा र बागलुङमा उपचार गराईराख्दा महंगो यातायात र खर्च बढी लाग्दै आएको हुदाँ बेनीमा सुरु भएकोे सेवाले घरमै भएजस्तो भएको बताईन । जिल्लामा भएको सेवाले म लगायतका धेरै विरामीलाई राहत मिलेको बताईन ।


प्रदेश सरकारको सहयोग र बेनी अस्पतालको सक्रियतामा करिव ८६ लाखको लगानीमा जिल्लामै डायलाइसिस सेवा सुरु भएको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । जिल्लामा करिव ६० जना विरामीहरु रहेको छ, उनीहरु पोखरा, बागलुङ, काठमाडौ, चितवन लगायतका जिल्लामा पुग्नुपर्ने समस्या अन्त्य हुने कटुवालले बताए । अहिल्य ५ जना विरामीलाई सेवा दिइरहेका छौ, भने सेवा लिनका लागि १५ जना विरामी सम्पर्कमा आएका छन् । यीनीहरुलाई एकमहिनाको सेवा निशुल्क गरिने बेनी कटुवालले बताए ।


चार वटा डायलाइसीस मेशिन संचालनका लागि तिन जना डाक्टरसहित ५ जना स्टाफ नर्स तालिम प्राप्त रहेका छन् । बिरामीको चाप अनुसार बिहान, दिउँसो र साँझ तीन सिफ्टमा दैनिक १२ जना बिरामीलाई दैनिक सेवा दिन सकिन्छ ।म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउपालिकाका मृगौलापिडित बिरामीको अधिकांशको आर्थिक अवस्था न्युन हुदाँ यातायात, खानबस्ने खर्चको अभावमा गाउँमै रोग पालेर बस्न बाध्य छन् ।


जिल्लामा ब्यवस्थित स्वास्थ्य सेवा जनतालाई उपलब्ध गराउनका लागि पचास शैया क्षमतामा पचास शैया क्षमताको अस्पताल भवन निर्माणाधिन अवस्थामा छ । भवन निर्माणमा ढिलासुस्ती हुदाँ जनताका आवश्यक स्वास्थ्य सेवा थप विस्तार हुन नसकेको अध्यक्ष कटुवालले बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l