गाई काट्ने चारजना कालीपुलबाट प्रक्राउ
- २० श्रावण २०७७, मंगलवार
- 1682 पटक पढिएको
म्याग्दी, २० साउन । सदरमुकाम बेनीस्थित कालीपुलबाट गाई काटदै गरेका चार जनालाई प्रहरीले सोमबार प्रक्राउ गरेका छन् । कालीपुलस्थित डेरा गरेर बस्ने हिरा रसाईलीको कोठामा गाईको मासु काटिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले प्रकाउ गरेको हो ।
गाई काटेर मासु बेच्दै आएको स्थानीयको सूचनाको आधारमा प्रहरीले उनीहरुलाइ कोठामा गाईको मासु काट्दै गरको अवस्थामा प्रकाउ गरेको हो । प्रकाउ पर्नेहरुमा मालिका गाउँपालिका वडानम्वर ५ का हाल बेनी बस्ने ३५ बर्षका हिरा रसाईली, बेनी नगरपालिका वडानम्वर ५ बस्ने ४८ बर्षका विरबहादुर किसान, बागलुङस्थित बडिगाढ गाउँपालिका वडानम्वर २ का ४२ बर्षका राजु विक र बेनी नगरपालिका वडानम्वर ८ बस्ने खैरेनीका ६३ बर्षका चन्दे दर्जी रहेको प्रहरी निरिक्षक धुव्र शर्माले जानकारी दिए ।
उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ मा पशु पन्छी सम्बन्धी कसूरमा रहेर कानुनअनुसार कारबाही अगाडी बढाईने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।