ठाडाखानिका कृषक आलु खन्न ब्यस्त
- २० श्रावण २०७७, मंगलवार
- 2061 पटक पढिएको
म्याग्दी, २० साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– ६ ठाडाखानीका कृषकहरु बारीमा लगाएको आलु खन्नमा ब्यस्त छन् । आलु खेतीमा आत्मनिर्भर रुपमा चिनिने ठाडाखानीमा कृषकहरु खेतबारीमा लगाएको आलु खन्नमा ब्यस्त रहेको स्थानीयबासी हिरा बुढाथोकीले बताए ।
ठाडाखानीको मुख्यबाली आलु हो, गाईभैसी र भेडाबाख्राको मल प्रयोग गरी उत्पादन गरीने आलु सबैको रोजाइमा पर्ने गरेको स्थानिय युवा प्रबिण छन्त्यालले बताए । सडक सञ्जाल जोडिएपछि आलु विक्रिमा सहज भएको छ, ग्रहाकहरु साधन लिएर खेतबारीमा आलु खरिद गर्न आउदाँ आलुखेतिप्रति किसानहरु आकर्षित छन् । यहाँ उत्पादन भएको आलु वर्षेनी सदरमुकाम बेनी, पोखरा, बुटवल, काठमाण्डौ लगायतको क्षेत्रमा विक्रिका लागि पूग्ने कृषकहरु बताउछन् ।
आलु सँगै मकै, कोदो, गहुँ, जौँ, उवाँ, जहुँ लगायत खाद्यबाली रुैथाने रुपमा गर्दै आएका छन् । राज्यको न्युन पहुच रहेको ठाडाखानीमा बैज्ञानिक कृषी प्रणाली भित्र्याउन सके यहाँका किसानहरु अझ बढी आलु उत्पादन गरेर आत्मनिर्भर बन्न मदत पुग्ने देखिन्छ । हिरा बुढाथाेकी