रेडक्रसको बेग उपशाखाद्धारा बाढी पहिरो पिडितलाई सहयोग

  • ११ श्रावण २०७७, आईतवार
  • 1475 पटक पढिएको

म्याग्दी, ११ साउन । नेपाल रेडक्रस सोसाइटी बेगखोला उपशाखाले म्याग्दीको विभिन्न ठाउँका पहिरो पिडितहरुको लागि आर्थिक सहयोग गरेको छ ।जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी मार्फत जिल्ला विपद् ब्यवस्थापन समितिलाई आइतबार ७२ हजार २७७ रुपैयाँ उपलब्ध गराएका हुन् । उपशाको नेतृत्वमा रघुगंगा गाउपालिका–१ बेगखोलामा घरदैलो गरेर नगद संकलन गरिएको उपशाखाका कोषाध्यक्ष टिका पुर्जाले बताउनुभयो ।

विपद् ब्यवस्थापन समिति मार्फत पहिरो पिडितलाई सहयोग उपलब्ध गराउने रेडक्रसको उपशाखाहरुमध्य पहिलो हो । रेडक्रसका जिल्ला शाखा सभापति लेखबहादुर हमाल, उपसभापति काशीराम रेग्मी, कोषाध्यक्ष नवराज पौडेल, बेगखोला उपशाखाका सभापति पुर्ण परियार, सचिव खिमबहादुर फगामी र कोषाध्यक्ष टिका पुर्जाले रकम हस्तान्तरण गर्नुभएको थियो ।
विपद् ब्यवस्थापन कोषमा जम्मा गर्नका लागि चेक हस्तान्तरण गरिएको थियो । गत असार २५, २६ र साउन ५ गतेको बाढी र पहिरोका कारण म्याग्दीमा २९ जनाको मृत्यु हुनुका साथै चार जना वेपत्ता भएका छन् । रेडक्रसको तथ्याङ्क अनुसार तीन सय परिवार विस्थापित भएका छन् ।