जनार्दन शर्मा पार्टी एकताकै पक्षमा

  • ८ श्रावण २०७७, बिहीबार
  • 1040 पटक पढिएको

 काठमाडौं, ८ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनार्दन शर्मा (प्रभाकर) को बचाउ गरेको छ । प्रेस संयोजक विष्णु सापकोटाले वक्तव्य जारी गर्दै पार्टीको आन्तरिक बहसलाई लिएर नेताहरुमाथि लगाइएको आरोप निन्दनीय भएको बताएका छन् ।

‘पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष प्रचण्डलाई सहयोग गर्दै आउनुभएको विदितै छ,’ उनले भनेका छन्, ‘अहिले पार्टीभित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताको पक्षमा लाग्नुभएको हो ।’

तीन अगाडि पनि प्रभाकरले सामाजिक सञ्जालमार्फत यही कुराको खण्डन गरेका थिए । आफूविरुद्धको दुष्प्रचारलाई ‘पार्टी एकताबाट मर्माहत प्रवृत्ति’ भन्दै उनले एकताको पक्षमा दृढतापूर्वक उभिन सबैलाई अपिल गरेका थिए ।

कुनै पद प्राप्तिको लोभविना पार्टी आन्दोलनको रक्षा गर्न आफू लागेको प्रभाकरको भनाइ छ ।

onlinekhaber,com