म्याग्दीमा ३१ बेपत्ता ३ को मृत्यु

  • २६ असार २०७७, शुक्रबार
  • धिरन खत्री
  • 1539 पटक पढिएको

 

म्याग्दी २६ असार । म्याग्दीमा बाढी र पहिरोले ३ जनाको मृत्यु भएको छ, भने ३१ जना बेपत्ता भएका छन् । अविरल बर्षासँगै आएको बाढी र पहिरोले जिल्लाको धौलागिरी,मालिका, रघुगंगा गाउँपालिकामा गरि उक्त मानविय क्षति पु¥याएको हो ।धवलागिरी गापा –६ मराङमा बेपत्ता भएका मध्य दुईजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बाढीले बगाएर बेपत्ता रघुगंगा गापा–६ ठाडाखानीका ललिमान छन्त्यालको शव फेला परेको छ ।

पहिरोले मराङमा १९ जना, मालिका गाउँपालिकाको विममा ८ जना र मालिका गाउपालिका ६ दुखु खोलामा बाढीले बगाएर एक महिलासहित ३१ जना बेपत्ता भएको प्रहरी नायव उपरिक्षक किरणजंग कुवरले जानकारी दिए । पहिरो र बाढीको चपेटामा परी अलपत्र परेका ८० जनालाई मराङबाट सुरक्षित स्थानमा उद्धार गरिएको छ। विममा समेत अलपत्र परेकोलाई उद्धार गरिएको छ । बेनी नगरपालिका ४ सिंगामा म्याग्दी नदीमा दाउरा टिप्न गएर नदीमै अलपत्र परेको २ जना युवालाई नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको छ ।

पहिरोमा बेपत्ता भएका र अलपत्र परेकाहरुको जनप्रतिनिधि, स्थानीयबासी, सुरक्षाकर्मी र स्वयमसेवकहरुमार्फत खोजी र उद्धार कार्यलाई अगाडी बढाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । खराव मौसमका कारण हेलिकप्टरमार्फत बेपत्ताको खोजी र अलपत्र परेकाको उद्धार गर्ने प्रयास गरिएपनि सफल हुन नसकेको प्रजिअ ढकालको भनाई छ । बाढी र पहिरोमा परि विस्थापित भएका र पीडित परिवारको जिल्लामा रहेका राजनीतिक दल, स्थानीय तह, संघसस्था लगायतले राहतको लागि आब्हान गरेका छन् । जिल्लाको बेनी नगरपालिकासहित ५ वटा गाउँपालिकामा ठुलो भौतिक क्षति समेत पु¥याएको छ ।

रघुगंगाले बगायो बेलिव्रिज

रघरघुगंगा नदीमा आएको बाढीले राहुघाट बेलिब्रिज बगाएको छ । बर्षसंगै नदीमा बाढी आएपछि पुलबगाएसंगै म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउपालिका हुदै मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । बेलिब्रिज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउपालिका–३ राहुघाटको सिमानामा पर्छ । रघुगंगा, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ ।

कटानले झोलुङेसहित राहुघाटमा रहेका २१ घरधुरीको बस्ती पनि जोखिममा परेको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । जोखिममा परेका २१ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l