सांसद ज्ञानकुमारी छन्त्यालको निधन

  • १७ असार २०७७, बुधबार
  • 959 पटक पढिएको

म्याग्दी, १७ असार । नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । बुधबार विहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा छन्त्यालको निधन भएको काँग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुसालले बताइन् ।


उनी यतिबेला संसदको कृषि, सहकारी, पशुपन्छी तथा वातावरण समितिकी सदस्यसमेत थिइन् । २०३६ सालमा सक्रिय राजनीतिमा प्रवेश गरेकी छन्त्याल काँग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनी २०७० सालको संविधानसभामा पनि सभासद थिइन् ।
बागलुङको ढोरपाटन स्थायी घर भएकी छन्त्याल लामो समयदेखि महिला अधिकारका क्षेत्रमा लामो काम गर्दै आएकी थिइन् । छन्त्याल नेपाल महिला संघ बागलुङको पूर्व जिल्ला उपसभापतिको समेत थिइन् ।
उनी काँग्रेस महाधिवेशन प्रतिनिधि पनि थिइन् । बुधबार दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।