प्रभा मावि नारच्याङ्गमा इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा भर्ना खुल्यो

  • ९ असार २०७७, मंगलवार
  • 4735 पटक पढिएको

म्याग्दी, ९ असार । ब्यवहारिक रोजगारमूलक प्राविधिक शिक्षा अन्तरगत म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४ नारच्याङ्गमा गतबर्षदेखि सुरु भएको इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि भर्ना खुलेको छ ।


शैक्षिक सत्र २०७७ अन्तरगत कक्षा ९ मा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि अनलाईन भर्ना खुलेको विद्यालयका प्रअ भगवानबहादुर कार्कीले बताए ।

अनुभवी दक्ष शिक्षक, ब्यवस्थित प्रयोगशाला, सुविधायुक्त विज्ञान तथा कम्प्युटर प्रयोगशाला, छात्राबासको सुविधा, इलेक्ट्रिकल क्षेत्रमा प्रयोगात्मक रुपमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले भर्ना हुने अवसर सदुपयोग गर्न विद्यालयले अविभावक र विद्यार्थीहरुलाई आग्रह गरेको छ।

हाईड्रो भिलेजको रुपमा चिनिएको नारच्याङ्गमा प्राविधिक तथा ब्यावसाियक धारतर्फ गतबर्षदेखि २९ जना विद्यार्थी अध्ययनरत छन् ।