मंगलबार २२ जना कोरोना संक्रमित थपिएसंगै पर्वतमा संक्रमितको संख्या ६८ पुग्यो

  • ९ असार २०७७, मंगलवार
  • 699 पटक पढिएको

 

पर्वत, ९ असार । पर्वतमा मंगलबार २२ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मी छन् भने २१ जना भारतबाट आएर बसेका र अन्य सर्वसाधरण रहेको मेडिकल सुपरिटेण्डेण्ट शिशिर देबकोटाले बताउनुभयो । यो संगै पर्वतमा संक्रमतिको संख्या ६८ पुगेको छ । ८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।