कुखुरापालनमा ब्यस्त पुरी दाजुभाई

  • ८ असार २०७७, सोमबार
  • धिरन खत्री
  • 1180 पटक पढिएको

म्याग्दी, ८ असार । म्याग्दीको बेनी नगरपालिका–९ काउँलेगौडाका युवा ओमकुमार पुरी र धुव्र पुरीले ब्यवसायिक रुपमा अण्डा उत्पादन गर्ने कुखुरा पाल्दै आएका छन् ।
६० लाख लगानीमा पुरी पोल्टी फर्म संचालन गरेका दाजुभाईले अण्डा उत्पादनका गर्ने लिर्यस कुखुरा पालेका छन् । ३ हजार कुखुरा पाल्न सकिने क्षमता फर्ममा दूई वटा खोरमा १३सय अण्डा दिने र १५ सय अण्डा दिन तयार रहेका कुखुरा पालेका छन् ।


विदेश बसेर आएका दाजुभाईले ब्यक्तिगत लगानीमा ३ बर्षदेखि कुखुरापालन गर्दै आएपनि दाना महंगो हुदाँ कुखुरापालनबाट सोचेजस्तो फाईदा नभएको बताए । उत्पादन भएको अण्डा विक्रि गर्नका लागि समस्या नरहेपनि अण्डा दिनेको कुखुराको कमाई हुर्कर्दै गरेको कुखरामा खर्च हुने हुदाँ सोचे जस्तो फाईदा कमाउन ग्राहो हुने अनुभव छ । बजारको माग बढेपनि लगानीमा अभावले क्षमता बढाएर धेरै पाल्न नसक्दा कमाई कम हुने गरेको पुरीको अनुभव छ ।


ठुलो लगानीमा गरेको फर्ममा प्रदेश सरकार अन्तरगत भेटेनरी अस्पताल तथा पशुसेवा वित्र केन्द्रले २ लाख ५० हजार अनुदान दिएको छ । ब्यवसायिक रुपमा गर्ने कुखुरा पालन गर्दै आएका कृषकलाई अण्डा तथा कुखुराको बजार रेट, सुलभ मुल्यमा औषधी उपलब्ध र जिल्लामै दाना उत्पादनमा स्थानीय सरकारले ध्यान दिन सके कुखुरापालन कमाई राम्रो हुने कृषकले बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l