टिमुर र सतुवाको विरुवा विक्रिबाट राम्रो आम्दानी गर्ने तोरीपानीका सागर बानियाँ

  • ८ असार २०७७, सोमबार
  • धिरन खत्री
  • 2533 पटक पढिएको

धिरन खत्री
म्याग्दी, ८ असार । घरवरिपरिको जग्गालाई सदुपयोग गरेर म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका युवा सागर बानियाँले ब्यवसायिक रुपमा नर्सरी संचालन गरेका छन् । नर्सरीमा टिमुर र सतुवा लगायतको विरुवा उत्पादन गरेर विक्रिमार्फत राम्रो आम्दानी गर्दै आएका छन् ।


१० बर्षसम्मको अध्ययन र मेहनतले बानियाँले टिमुर, सतुवा, दाँते ओखर र विभिन्न जडिबुटि विरुवा उत्पादन गर्ने कृषकको रुपमा परिचित छन् । जिल्लासंगै अन्य जिल्लामा टिमुर र सतुवाको माग बढ्दै गएपछि प्रशंसा बहुउद्देश्यी नर्सरी संचालन गर्दै अनुदान र ब्यक्तिगत लगानीमा ब्यवसायिक रुपमा नर्सरी गरेका छन् ।

बानियाँले एक दर्जन बढी टनेल निर्माण गरेर विरुवा उत्पादन गर्दै आएका छन् । विक्रिका लागि नर्सरीमा ४० हजार टिमुरका विरुवा, १ लाख ५० हजार सतुवाका विरुवा, दाते ओखरका विरुवा, किवि, लोटसल्ला, सुन्तला र कागतिका विरुवा विक्रिमा बानियाँले बताए । आगामी बर्ष १ लाख भन्दा बढी टिमुरको विरुवा विक्रि गर्ने लक्षसहित नर्सरीमा विरुवा जमाइराखेका छन् ।

टिमुर प्रतिगोटा ५७ रुपैया र सतुवा प्रतिगोटा ४७ रुपैयामा जिल्लाका स्थानीय तह र बाहिरी जिल्लामा विक्रि हुने गरेको छ। गतबर्ष विरुवा बेचेर २० लाख बढी कमाएका बानियाँले यस बर्ष ६० लाख देखि ९० लाख रुपैया कमाउने लक्ष रहेको बताए । विरुवा उत्पादनमा घरपरिवार नभ्याउने भएपछि स्थानीय रुपमा बेरोजगारहरुलाई रोजगार समेत दिदै आएका छन् ।

मसलेदार फल टिम्मुरको माग अन्तराष्ट्रिय बजारमा बढेपछि तोरीपानीमा टिम्मुरको पकेट क्षेत्र निर्माणसंगै खेतबारी, खालीपाखामा स्थानीय टिमुर उत्पादन जोड दिएका छन् । भने गतबर्ष ७१ मुरी टिम्मुर बजारमा विक्रि भएको छ ।

अचार र दालमा मसलाको रुपमा प्रयोग हुने टिम्मुरलाई राष्ट्रिय बजारको मागलाई पु¥याउन म्याग्दीलाई टिम्मुर खेतीको पकेट क्षेत्रमा छनोट छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l