म्याग्दीमा थप ४ जनामा कोरोना पुष्टि

  • ७ असार २०७७, आईतवार
  • 1697 पटक पढिएको

म्याग्दी ७ असार । म्याग्दीमा थप ४ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले आईतबार विहान विज्ञप्ति मार्फत म्याग्दीमा थप संक्रमित बढेको पुष्टि गरेको हो । रघुगंगा गाउँपालिका– २ का ३० वर्षिया महिला र ९ बर्षिया बालिकामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनु भयो ।


यसै गरि रघुगंगा–३ का ३३ वर्षिय पुरूष र मंगला गाउपालिका–५का २० वर्षिय पुरूष कोरोना संक्रमित भएको उहाँले बताउनुभयो । उनिहरू बेनीको क्वारेन्टाइन मा बसेका थिए । उनीहरुलाई बेनीमा रहेको आइसोलेसनमा सारिएको छ । यसैबिच म्याग्दीका दुई कोरोना संक्रमित युवाले कोरोना जीतेर घर फर्किएका छन् । मालिका गाउँपालिका ४ का ३० वर्षिय टीक वहादुर पुन मगर र मंगला गाउँपालिका ४ का १९ वर्षिय बविन परियारले कोरोना जीतेर घर फर्किएका हुन ।


शनिबार उनिहरूलाई बेनिबाट विदाई गरिएको हो । उनिहरूको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि आईसोलेशनबाट डिस्चार्ज गरिएको हो । उनिहरुलाई खुल्ला मचमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, डिएसपि किरण जंग कुँबर, बेनि अस्पतालका अध्यक्ष बेल बहादुर कटुवाल , स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल, बेनि अस्पतालका मेसु डाक्टर अमृत अधिकारीले खादा लगाएर बिदाई गरेका हुन ।घरमा पुगेपछि पनि कम्तिमा एक हप्ता सजग र सतर्क हुन होम क्वारेन्टाइन मा वस्न स्वास्थ्य प्रमुख लम्सालले सुझाव दिनुभयो ।