पर्वतमा ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, अस्पतालको ओपिडि सेवा बन्द
- ५ असार २०७७, शुक्रबार
- 1354 पटक पढिएको
पर्वत ५ असार । पर्वतमा कोरोना संक्रमणको जोखिम बढेको छ । भारतको सिमानाका हुँदै आएकाहरुमा कोरोना संक्रमण देखिएकोमा पहिलो पटक अस्पतालका स्वास्थ्यकर्मीमा समेत संक्रमण पुष्टि भएको हो । पर्वतको जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।
पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरानो पोजेटिभ देखिएको हो ।
काठमाण्डौंको टेकु स्थित प्रयोशालामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको डा. देवकोटाले जानकारी दिए । योसंगै पर्वत जिल्ला अस्पतालको ओपिड सेवा बन्द गरिएको छ । इमेरजेन्सी सेवा भने निरन्तर सञ्चालन हु्ुने डा. देवकोटाले जानकारी दिए ।