नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६०० नाघ्यो

  • २९ जेष्ठ २०७७, बिहीबार
  • 1000 पटक पढिएको

म्याग्दी २९ जेठ । नेपालमा कोरोना संक्रमितको सख्ंया ४ हजार ६ सय बढी नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा थप २५० जनामा संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या ४ हजार ६१४ पुगेको जानकाकारी दिए । नयाँ संक्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेको उनले बताए ।


यस्तै बितेको २४ घण्टामा १८७ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा ८ महिला र १७९ पुरुष रहेका छन् । योसँगै कूल निको हुनेको संख्या ८६१ जना पुगेको पनि गौतमले जानकारी दिए । यस्तै हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु समेत भएको छ । कारोना संक्रमण रोकथामको लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको भएपनि विहिवारदेखि भने लकडाउनलाई खुकुलो बनाएको छ ।